Rule 161
विद्यालयको नामको जग्गा सट्टापट्टा गर्न नहुने
(१) विद्यालयको नाममा रहेको जग्गा सट्टापट्टा गर्न पाइने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विद्यालयको कम्पाउण्ड वा खेल मैदानस“ग जोडिएको जग्गास“ग कुनै जग्गा सट्टापट्टा गर्नु पर्ने भएमा सामुदायिक विद्यालयको भए सम्पत्ति संरक्षण समिति, व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयको सिफारिसमा र संस्थागत विद्यालयको भए सम्बन्धित गुठीयार वा कम्पनीको सञ्चालक, व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयको सिफारिसमा मन्त्रालयको स्वीकृति लिई सट्टापट्टा गर्न सकिनेछ ।